प्रहरी नायव महानिरीक्षक घिमिरेद्धारा दुई प्रहरी चौकी उद्‌घाटन : गोरखा

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरी जनशक्तीलाई समयानुसार थप प्रवधिमैत्री बनाउदै लगे मात्रै प्रहरी संगठनले अंगिकार गरेका अवधारणाहरुले सार्थकता पाउने बताउदै यसप्रती संगठनले विशेष गृहकार्य गरिरहेको बताउनु भएको छ ।

यही मंसिर-०९ गते गोरखा जिल्ला स्थित अस्थायी प्रहरी चौकी चनौटे र प्रहरी चौकी बालुवा गोरखाको नव:निर्मित प्रहरी भवनको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

साथै समयको परिवर्नसंगै भित्रिएका विभिन्न प्रविधि र तिनले निम्त्याएका चुनौती तथा प्रविधियुक्त अपराधिक क्रियाकलापहरु विरुद्ध मुकाबिला गर्न अब नेपाल प्रहरीको जनशक्ती एवम् प्रहरी सेवालाई पनि नविनतम प्रविधीमैत्री बनाउनुको विकल्प नरहेको उहाँले बताउनु भएको हो ।

स्थानीय तहको भूमिका बारे बताउदै उहाँले जिल्लास्तरमा कुनै पनी प्रहरी कार्यालयको पहिलो एवम् महत्वपूर्ण समन्वयकारी निकाय त्यहाँ स्थित स्थानीय तह हुने भएकाले प्रहरीका हरेक जनमुखी गतिविधीहरुमा स्थानीय जनप्रतिनिधी, भद्र भलाद्‌मी र आमनागरीकको साथ र सहयोग अपरिहार्य हुने बताउदै प्रहरीसंग हातेमालो गरि अघि बढ्न सबैमा उहाँले आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी सभाध्यक्ष तथा अजिरकोट गाउँपालिकाकी उप-प्रमुख चन्द्रमाया गुरुङले नेपाल प्रहरी संगै हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायमा गर्ने पक्षमा सदैव आफुहरु तत्पर रहेको बताउनु भयो ।

मिति २०७२ सालको विनाशकारी महाभुकम्प र त्यसपछिका विभिन्न पराकम्पनहरुबाट क्षतीग्रस्त नेपाल प्रहरी संगठनका भौतिक संरचनाहरुलाई पून:निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पून:निर्माण प्राधिकरण कोष बिच सम्झौता भई गोरखा जिल्लाको अजिरकोट गाउँपालिका-४ स्थित उक्त अस्थाई प्रहरी चौकी चनौटे र वडा नं. ५ स्थित प्रहरी चौकी बालुवा गोरखा को कार्यालय, व्यारेक भवन, मेश र शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

उद्‌घाटन सम्पन्न भएको अस्थायी प्रहरी चौकी चनेटौ सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा व्यवस्था भए वमोजिमका प्रक्रियाहरु पुरा गरी मिति २०७५।०२।११ गते जिल्ला प्रहरी कार्यालय गोरखा र निर्माण व्यवसायी आयान कन्स्ट्रक्सन कोटेश्वर-३५ काठमाण्डौ बिच सम्झौता भई मिति २०७६ भदौ ०४ गते मुल्य अभिबृद्धि कर सहित रु.१,५८,४५,७४६।८९ मा कार्यालय, व्यारेक भवन, मेश र शौचालयको निर्माण कार्य सम्पन्न भएको हो भने प्रहरी चौकी बालुवा मिति २०७४।०१।०६ गते जिल्ला प्रहरी कार्यालय गोरखा र निर्माण व्यवसायी होम निर्माण सेवा गोरखा विच सम्झौता भई मिति २०७५।११।०५गते मुल्य अभिबृद्धि कर सहित रु.१,३७,४८,०४१।३३ मा कार्यालय, व्यारेक, मेश भवन र शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त दुबै प्रहरी चौकी उद्‌घाटन कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग गर्ने एवम् उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारिहरुलाई सम्मान समेत गरिएको थियो ।

canaute gorkha

canaute gorkha 2

canaute gorkha 3