ट्राफिक प्रहरीलाई मास्क तथा चस्मा हस्तानतरण

कार्तिक ०६, पोखरा- लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्डस् पोखराले जिल्ला प्रहरी कार्यालय कास्कीमा एक कार्यक्रमको आयोजना गरी कास्की स्थित खटिने ट्राफिक प्रहरी कर्मचारीहरुका लागि अत्यावश्यक मास्क र चस्मा हस्तानतरण गरेको छ ।

प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अहोरात्र सडकमा तल्लिन रहने ट्राफिक प्रहरीलाई सेवा प्रवाहमा सहजता साथै स्वास्थमा कुनै प्रतिकुल असर नपुगोस भन्ने हेतुले उक्त संस्थाले मास्क र चस्मा हस्तानतरण गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी. र लायन्स क्लबका प्रतिनिधिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रलाई मास्क र चस्मा हस्तानतरण गर्नुका साथै कार्यक्रममा सहभागी ट्राफिक प्रहरी कर्मचारीहरुलाई सोही अवसरमा नै मास्क तथा चस्मा हस्तानतरण गरिएको थियो ।

सोही कार्यक्रम कै अवसरमा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत एक छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले कास्कीको शान्ति सुरक्षाको अवस्था, अपराधिक अवस्था, ट्राफिक व्यवस्थापन, प्रहरी व्यवहार, समाजका विकृती विसंगती न्यूनिकरणमा गर्नुपर्ने कामहरु लगयातका विषयमा जिज्ञासा एंव गुनासोहरु राख्नुभएको थियो ।

आम नागरिकबाट उठेका जिज्ञासाहरुलाई कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी. साथै जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले सम्बोधन गर्नु भएको थियो ।

1 traffic 07 06

2 traffic 07 06

3 traffic 07 06