मानव सेवा आश्रममा राहत वितरण सम्पन्न : पोखरा

गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले यही असोज २६ गते पोखराको छोरेपाटन स्थित रहेको मानव सेवा आश्रममा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले उक्त आश्रममा अत्वाश्यक रहेका खाध्यान्न सामाग्री वितरण गरेको हो । संघकी अध्यक्ष पार्वती शर्मा घिमिरेले आश्रमका प्रतिनिधिलाई खाध्यान्न सामग्री हस्तान्तरण गरी कार्यक्रमको उद्‌घाटन गर्नु भयो ।
उक्त कार्यक्रम र संघको परिचय बारे बताउँदै संघकी सचिव रविना अर्यालले नेपाल प्रहरी श्रीमति संघ कुनै दातृ निकायबाट संञ्चालित नभई आफूहरुले देउसिभैलो कार्यक्रमहरु गर्ने विभिन्न मेला महोत्सवहरुमा स्टलहरु राख्ने र त्यसबाट आम्दानि भएको पैसा निरन्तर मानव समाजको हित हुने कार्यमा खर्च गर्दै आईरहेको बताउनु भयो ।
कार्यक्रमकै अवसरमा उक्त आश्रमका प्रतिनिधिहरुले गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउनु भएको छ ।

rahat 1

rahat 2

rahat 3

rahat 4

rahat 5

rahat 7

rahat 6