अन्तर प्रहरी इकाई दौड प्रतियोगिता सम्पन्न : पोखरा

६४औं प्रहरी दिवस २०७६को अवसरमा यही असोज २३ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रदेश स्तरिय अन्तर प्रहरी इकाई ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको प्राङगणबाट सुरु भएको उक्त दौड शहिद चोक हुँदै लेकसाईडको सेन्टर प्वाईन्टलाई परिक्रमा गरी सुरु भएकै स्थानमा आई सकिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले मानव शरिरमा दौड प्रतियोगिताले खेल्ने सकरात्मक भूमिकालाई मध्यनजर गरी प्रहरी कर्मचारीको शारिरीक तन्दुरुस्तीलाई बढवा दिन साथै प्रहरी दिवस २०७६ लाई थप रचनात्मक बनाउन आयोजना गरिएको उक्त दौड प्रतियोगिताले प्रहरी कर्मचारीको मनोवल उच्च बनाउन टेवा पुग्ने कुरा बताउनुभयो ।
उक्त दौड प्रतीयोगितामा पुरुष तर्फ प्रहरी जवान शक्ति मिजार प्रथम, प्रशिक्षार्थी प्रहरी जवान शुनिल परियार द्वितीय र प्रशिक्षार्थी प्रहरी जवान धन बहादुर गुरुङ तृतीय भएका छन् । साथै महिला तर्फ प्रहरी जवान जयता के.सी. प्रथम, प्रहरी जवान बिमला मिथुन द्वितीय र प्रहरी जवान अस्मिता भण्डारी तृतीय भएका छन् ।
उक्त दौड प्रतीयोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट ५० जना प्रहरी कर्मचारीले सहाभागीता जनाएका थिए ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारीलाई प्रहरी दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने छ ।

Running 1

Running 2

Running 3

Running 4

Running 5

Running 6

Running 7

Running 8

Running 9

Running 10

Running 11