६४औं प्रहरी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न : पोखरा

६४औं प्रहरी दिवस २०७६ को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा यही असोज १७ गते पोखराको चिप्लेढुङ्गामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
खुल्ला रक्तदान कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरे र नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधि महेन्द्र के.सी.ले संयुक्त रुपमा रक्तदाता गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीलाई रक्तझोला हस्तान्तरण गरी उक्त कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक घिमिरेले जीवनको सबैभन्दा परोपकारी कार्य नै रक्तदान भएकाले यसमा सहभागी भई नेपाल प्रहरीले आयोजना गरेको उक्त कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक लगायतले रक्तदान गरेका छन् । उक्त खुल्ला रक्तदान कार्यक्रमबाट ८३ यूनिट रगत संकलन भएको छ ।

Blood Donation 1

Blood Donation 2

Blood Donation 3

Blood Donation 4

Blood Donation 5

Blood Donation 7

Blood Donation 9

Blood Donation 10

Blood Donation 11

Blood Donation 13