प्रहरी कार्यालय भवन उद्घाटन सम्पन्न : पोखरा

वडा प्रहरी कार्यालय बैदाम कास्कीमा नव-निर्मित प्रहरी भवनको असोज १६ गते गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।

वडा प्रहरी कार्यालय बैदामको परिसर भित्र निर्माण सम्पन्न भएको उक्त प्रहरी कार्यालय भवनको शिलालेख अनावरण साथै मुख्य प्रवेशद्वारमा रिवन काटी कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक घिमिरेले नेपाल प्रहरीले उपलब्ध न्यून श्रोत साधनका बाबजुत पनि जनलक्षित प्रहरी सेवा प्रवाहमा कत्ति पनि बिचलित नभई कार्य सम्पादन गर्दै आईरहेको बताउँदै उक्त नव-निर्मित प्रहरी भवनले उतकृष्ट प्रहरी सेवा प्रवाहमा थप टेवा पुर्याउने कुरामा आँफू विश्वस्त रहेको बताउनुभयो ।
साथै सम्बोधन कै क्रममा उहाँले नेपाल प्रहरी हाल संगठनको सदृढीकरण र सुद्धिकरणको अभियानमा रहेको कुरा स्पष्ट पार्दै नेपाल प्रहरी संगठनलाई सुशासनको पहरेदारको रुपमा स्थापित गर्न आफूँहरु कटिबद्ध रहेको कुरा बताउनुभयो ।
भवन निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरु प्रति आभार प्रकट गर्दै उहाँले सोही अवसरमा नै कदर पत्रले सम्मान समेत गर्नुभएको छ ।
कार्यक्रममा जन-प्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य राख्नुहुँदै पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष धन बहादुर नेपालीले जनतासंग प्रत्यक्ष सरोकार राख्ने नेपाल प्रहरीको कार्य सम्पादनलाई व्यवस्थित गर्न अत्यावश्यक पर्ने भौतिक पूर्वाधारको निर्माणले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने कुरा बताउँदै आगामी दिनमा पनि पोखरा महानगरपालिका प्रहरीका महत्वपूर्ण पक्षमा सहयोग गर्न सधै तयार रहेको कुरा बताउनुभयो ।
समाजसेवी तथा उक्त भवन निर्माण समितका अध्यक्ष हिरु पुनको अध्यक्षतामा सम्पन्न उक्त कर्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालय प्रमुख एवं प्रहरी कर्मचारीहरु, गण्डकी प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, पोखरा स्थित विभिन्न सामुदयिक प्रहरी सेवा केन्द्रका पदाधीकारीहरु, आमा समूहमा प्रतिनिधि, पत्रकार लगायत आम नागरिको उपस्थिति रहेको थियो ।

wapraka baidam 7

wapraka baidam 1

wapraka baidam 3

wapraka baidam 2

wapraka baidam 4

wapraka baidam 5

wapraka baidam 6

wapraka baidam 8