मुलुकी संहिताहरुको कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भाद्र ०१ पोखरा, मुलुकी संहित दिवस २०७६ को अवसरमा नेपाल सरकार कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा यही भाद्र ०१ गते मुलुकी संहिताहरु कार्यान्वयनको सम्बन्धमा देखिएका समस्या र समाधान विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवँरले पानसमा दिप प्रज्जवलन गरी उक्त अन्तरक्रिया कार्यक्रमको उद्‍घाटन गर्नुभयो ।

उद्‍घाटन पश्चात जिल्ला न्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले मुलुकी अपराध तथा मुलुकी फौजदारी कार्यविधि संहिता र जिल्ला न्यायाधीश विष्णु प्रसाद उपाध्यायले मुलुकी देवानी संहिता तथा मुलुकी देवानी कार्यविधि संहिताहरुको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि  गण्डकी प्रदेश प्रमुख बाबुराम कुवँरले कानून र न्याय राज्यको प्रमुख अश्त्र रहेको कुरा व्यक्त गर्दै थला परेको वर्तमान नेपाली समाजलाई माथि उकास्न देशमा अन्तराष्ट्रिय मापदण्डको सबल र विश्वले आत्मसाथ गरेका नविनतम अवधारणाहरुलाई समावेश गर्दै कानूनको निर्माण र त्यसको कार्यान्वयनमा जोड दिनुको विकल्प नरहेको बताउनुभयो ।

साथै कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले अनुसन्धान पद्धतिलाई सफल र समयानुकुल बनाउन प्रहरीलाई अधिकारको सुनिश्चितता, आवश्यक श्रोत साधनको पर्याप्तता र न्याय व्यवस्थालाई आधुनिकिकरण गर्नु पर्ने बताउँदै प्रहरीलाई काम गर्न असहज बनाईरहेका प्रावधानहरुलाई व्यवस्थित र परिमार्जन गरी कार्य सम्पादनका लागि अनुसन्धान मैत्री वातावरण बनाईदिने तर्फ पहल गर्न सरोकारवाला निकायहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले मुलुकी संहिताहरु कार्यान्वयनको सम्बन्धमा देखिएका समस्या र समाधानका विषयमा गरिएको उक्त अन्तरक्रिया कार्यक्रमले समस्या समाधानका लागि उचित परिणाम निकाल्न सहयोग गरेको र समयानुकुल परिमार्जनका लागि संघिय सरकारमा दवाबमुलक पहल गर्ने कुरा बताउँदै समाजमा व्याप्त कानूनी अज्ञानता हटाउन कानूनी साक्षरता अभिबृद्धीका लागि सबैलाई लाग्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप-सचिव गोपिनाथ रेग्मीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उच्च बार एशोसीएसन लगायत अन्य सरोकारवाला निकायका व्यक्तित्वहरुले समेत आ-आफ्नो धारणा साथै राय प्रस्तुत गर्नुभएको थियो ।

1

2

3

4

IMG 0234