कास्की ट्राफिकलाई पोखरा महानगरपालिकाद्वारा ट्राफिक कोण हस्तान्तरण

पोखरा महानगरपालिकाद्वारा कास्कीको ट्राफिक व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई यही श्रावण २० गते एक कार्यक्रमका बिच ४९६ थान ट्राफिक कोण हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा दिन प्रतिदिन बढिरहेको सवारीको चापलाई व्यवस्थापन गर्न कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरे साथै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले संयुक्त रुपमा उक्त ट्राफिक कोणहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रलाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले शहरमा ट्राफिक कसरी सञ्चालन भइरहेको छ, मान्छे कसरी सडकमा हिडिरहेका छन्, यहाँको सभ्यता साथै मानिसहरु कतिको सु-संस्कृत र श्रोत साधनले सु-सज्जित छन् भन्ने कुरा शहरको ट्राफिक व्यवस्थापनले नै प्रतिविम्वित गर्ने हुँदा ट्राफिक व्यवस्थापन गरी शहरको सौन्दर्यता बढाउन सबै सरोकारवाला निकाय यसरी नै लागि पर्नुपर्ने कुरा बताउनुभयो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख जि.सी.ले पोखरालाई स्मार्ट सिटि (Smart City) बनाउन छिटो भन्दा छिटो पोखराका प्रमुख चोकहरुमा ट्राफिक लाईट, आकासे पुल तथा सिसिटिभि (CCTV) जडान गर्न कार्य सुरु गरिसकेको बताउँदै दिन प्रतिदिन सवारी साधनको चाप बढिरहेको सन्दर्भमा यसको समयमै उचित व्यवस्थापन गर्न नसके अवस्था भयाभव हुने कुरा व्यक्त गर्नुभयो । 

साथै पोखरा महानगरपालिका ट्राफिक व्यवस्थापनका हरेक पक्षमा सहयोग गर्न प्रतिवद्ध रहेको कुरा व्यक्त गर्दै ट्राफिक नियमको पालना व्यक्तिको स्वयं सुरक्षाका लागि भएकाले ट्राफिक नियमको पालना गरी ट्राफिक प्रहरीलाई यसको व्यवस्थापनमा सहयोग गर्न आम महानगरबासीमा आग्रह समेत गर्नुभयो ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका ईञ्जिनियर सुरेन्द्र पौडेल, यातयात व्यवसायिहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, उद्योग व्यवसायिहरु, पत्रकार लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Traffic Code 6

Traffic Code 7

Traffic Code 4

Traffic Code 3