ट्राफिक प्रहरी तथा सरोकारवाला निकायको एकदिवसिय सम्मेलन सम्पन्न : गोरखा

जिल्ला प्रहरी कार्यालय गोरखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको आयोजनामा सडक सभ्यता अभिवृद्धि एंव सवारी दुर्घटना न्यूनीकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको एक दिवसीय सचेतनामुलक सम्मेलन तथा प्रशिक्षण कार्यक्रम यही श्रावण १८ गते गोरखामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले पानसमा दिप प्रज्जवलन गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको हो । 
कार्यक्रममा बोल्ने वक्ताहरुले सवारी दुर्घटना न्यूनिकरण, ट्राफिक व्यवस्थापन, यात्रुहरुका समस्याहरुको समाधान लगायतका विषयमा राखेका जिज्ञाशाहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक घिमिरेले नेपाल प्रहरी न्यून श्रोत साधनका बाबजुत पनि प्रहरी सेवा प्रवाहमा अत्यन्तै संवेदनशिल भई कार्य सम्पादन गरिरहेको कुरा बताउँदै नेपाल प्रहरीले पहिरिएको निलो बर्दि प्रति आम जनताको पूर्ण आशा, विश्वास र भरोसा रहेकाले प्रहरीले सदैव सत्य र निष्ठा पूर्वक जनलक्षित प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध रहेको कुरा बताउनुभयो ।
साथै समुदाय प्रहरी साझेदारी अभियान बारे बोल्दै उहाँले उक्त अवधारणाले ट्राफिक व्यवस्थापन साथै सवारी दुर्घटना न्यूनीकरणलाई मुख्य रुपमा सम्बोधन गर्ने भएकाले जिल्लामा दैनिक रुपमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमहरु गरिने बताउँदै यस्तो समस्या समाधानका लागि सबै यातयात व्यवसायिहरु, चालक तथा परिचालक लगायत सम्पुर्ण सरोकारवाला निकायहरु आपसि समझदारी र सहकार्य गर्दै अगाडी बढ्नुको विकल्प नरहेको समेत बताउनुभएको छ ।
कार्यक्रममा अध्यक्ष समेत रहनु भएका गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले दिन प्रतिदिन बढिरहेको ट्राफिक व्यवस्थापनको समस्या र सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरी कटिबद्ध रहेको बताउँनु भएको छ ।
कार्यक्रममा यातयात व्यवसायि, यातयात मजदुर, चालक, परिचालक लगायत उपस्थित सहभागिहरुलाई सडक सभ्यता अभिवृद्धि एंव सवारी दुर्घटना न्यूनीकरण साथै ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा गोरखा नगरपलिकाका उप-मेयर विना कुमारी श्रेष्ठ, गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारी, पत्रकार, गोरखा जिल्लामा क्रियाशिल यातयात व्यवसायिहरु, चालक, परिचालक तथा यातयात मजदुरहरु साथै विभिन्न संघ संस्थामा आवद्ध सरोकारवाला निकायका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

dpo gorkha traffic

dpo gorkha traffic 10

dpo gorkha traffic 5

dpo gorkha traffic 1