प्रहरीको बर्दी नितान्त जनताको सेवाका लागि हो : प्रहरी नायव महानिरीक्षक घिमिरे

गोरखा श्रावण १७, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरीको बर्दी लगायर बदनियत चिताईयो भने त्यसमा कुनै पनि कर्मचारीलाई सहुलियत नहुने बताउँदै प्रहरीको बर्दी नितान्त आम जनताको सुरक्षा र सेवाका लागि दिईएको हुँदा यसको सही सदुयोग गरी आम जनताको हित हुने गरी व्यवसायिक प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्दैशन गर्नुभएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुको निरीक्षण एंव अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त बनाउने उदेश्यले जिल्ला प्रहरी कार्यालय गोरखा पुग्नु भएका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
निरीक्षणका क्रममा गोरखा पुग्नु भएका प्रहरी नायव महानिरीक्षक घिमिरेलाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले कार्यालयमा स्वागत गर्नुभयो । निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले प्रहरी कर्मचारी साथै जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुबाट सम्पादन हुने गतिविधिहरुको निरीक्षण समेत गर्नु भएको छ । 
साथै प्रहरी कर्मचारीहरुलाई निर्दैशन सम्बोधन कै क्रममा उहाँले नेपाल प्रहरी संगठनले अंगिकार गरेको समुदाय- प्रहरी साझेदारी अभियान अन्तर्गत दैनिक रुपमा ट्राफिक जनचेतना, लागूऔषध दुर्व्यसनि नियन्त्रण, महिला हिंसा रोकथाम लगायतका विषय समेटिएका जनचेतनामुलक कार्यक्रम गर्न समेत निर्देशन गर्नुभएको छ । 
कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले निरीक्षण साथै निर्देशन सम्बोधन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुमा मनोबल उच्च भएको बताउदै गोरखा प्रहरी प्राप्त निर्दैशनको अक्षरंश पालना गर्न प्रतिवद्ध रहेको कुरा बतानुभयो ।
सोही अवसरमा प्रहरी नायव महानिरीक्षक घिमिरेले जिल्ला प्रहरी कार्यालयको परिषर भित्र वृक्षारोपण समेत गर्नुभएको छ ।

dpo gorkha

dpo gorkha 7

dpo gorkha 5

dpo gorkha 4

dpo gorkha 2