प्रहरी महानिरीक्षकद्वारा प्रहरी चौकी भवन शिलान्यास : तनहुँ

संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँको भानु नगरपालिका-६ टुहरे पसलमा र तनहुँकै म्याग्दे गाउँपालिका-०४ थर्पुमा निर्माण हुने प्रहरी चौकी भवनको यही असार २२ गते एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको छ ।
प्रहरी सङगठन भौतिक संरचनाहरुमा आत्मनिर्भर हुँदै जाने क्रममा प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं जनलक्षित बनाउन साथै बद्लिदो परिस्थिति अनुरुप नै प्रहरी चौकीहरुलाई स्तोरोन्नती गर्नुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै उक्त प्रहरी भवनहरु निर्माण हुन लागेका हुन ।
उक्त भवनहरुको शिलन्यास पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी जस्तो पवित्र सङ्गठनमा बसेर प्रहरी आफैँ पवित्र र रोल मोडल हुनुपर्ने बताउदै अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी पहिला आफैँ ठीक हुनुपर्ने कुरामा जोडदिनु भएको छ ।
साथै नेपाल प्रहरी संगठनले भर्खरै अवलम्बन गरेको समुदाय प्रहरी साझेदारी अवधारणा मार्फत समाजका विकृति र विसङ्गति अन्त्य गर्ने नीति लिईएको स्पष्ट पार्दै समाजले समेत प्रहरीलाई छुट्टै रुपमा हेर्ने दृष्टिकोण त्याग्नु पर्ने र प्रहरी जनताका लागि हो भन्ने भावना विकास गर्न अत्यन्तै जरुरी रहेको बताउनु भएको छ ।
कार्यक्रमा धन्यबाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले प्रहरी महानिरीक्षकका रणनिति कार्ययोजनाहरुलाई नै आत्मसाथ गर्दै गण्डकी प्रदेशमा प्रहरीले कानून विपरीत क्रियाकलाप माथि कानूनी कठोरताको नीति अपनाएको स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रमा बोल्ने विभिन्न जनप्रतिनिधि एवं अन्य वक्ताहरुले प्रहरी हाम्रै लागि हो भन्ने भावनाको विकास गर्दै प्रहरीलाई समाजमा सफल बनाउन लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
आयन कन्स्ट्रक्सन कोटेश्वरले निर्माण कार्यको जिम्मा पाएका उक्त प्रहरी भवनहरु निर्धारित समय अगावै निर्माण सम्पन्न हुने विश्वास लिईएको छ ।

Building 1

Building 2

Building 3

Building 6

Building 8

Building 7

Building 9