वृक्षारोपण कार्यक्रम सम्पन्न

नेपाल सरकारको वृक्षारोपण अभियान अन्तर्गत राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको परिसरमा पनि आज वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

जैविक सन्तुलन कायम राख्न साथै मानिसको दैनिक जिवनमा हरावरा वातरणले पार्ने सकरात्मक प्रभावलाई मध्येनजर गर्दै कार्यालय परीसर वरवर आज उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले कार्यालय परीसरमा प्राकृतीक महत्व बोकेको समीको विरुवा रोप्दै कार्यक्रमको उद्‌घाटन गर्नुभयो ।

साथै प्रहरी वरिष्ठ उपरीक्षक हरिराज वाग्ले लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुले समेत वृक्षारोपण कार्यक्रममा भाग लिएका छन् । ऊक्त वृक्षारोपण कार्यक्रममा समी, चाप, धुपि, लप्सी लगायतका  झन्डै १०० वटा विरुवाहरु रोपिएको छ ।

Tree 1

Tree 2

Tree 3

Tree 4

Tree 5