कास्की: बाल अधिकार विषयक प्रशिक्षण सम्पन्न

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले बाल अधिकारको रक्षानै समग्र मानवअधिकारको रक्षा भएकाले बालअधिकार प्रति सवै सरोकारवाला निकायहरु संवेदनशिल हुन आवश्यक रहेको बताउनु भएको छ ।
Junior National Program Center पोखराले कास्की जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी विद्यालयका शिक्षक शिक्षीकाहरुका लागि आज आयोजना गरेको Appreciative Approach In Class Room नामक प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
साथै बालबालिकालाई केही भईहाले उनिहरुमा तत्कालै प्रहरीलाई खबर गर्ने बानिको विकास गर्न आवश्यक रहेकाले अभिभावक वर्गले बालबालिकालाई प्रहरीको नाम लिई डर, धम्की वा त्रास देखाउने गरेको पाईएकोले यो दुखद विषय भएको बताउदै यस्तो नगर्न समेत प्रहरी नायव महानिरीक्षक घिमिरेले आग्रह गर्नुभएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बाल अधिकार सम्बन्धी राष्ट्रिय अन्तराष्ट्रिय रुपमा व्यवस्था भएका कानुनहरुको विषयमा प्रशिक्षण प्रदान गर्दै समाजमा बालअधिकार हनन भएका घटना भए तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख अथिती समेत रहनु भएका प्रहरी नायव महानिरीक्षक घिमिरेले प्रशिक्षणमा सहाभागी शिक्षक शिक्षिकाहरुलाई प्रमाण पत्र समेत हस्तान्तरण गर्नु भएको थियो ।

Child 6

Child 7

Child 1

Child 1