पुस्तक विमोचन कार्यक्रम सम्पन्न : कास्की

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला भरी भए गरेका प्रहरी गतिविधिहरुलाई समेटरे तयार पारेको अञ्जुली नामक पुस्तकको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले आज एक कार्यक्रमका बिच बिमोचन गर्नु भएको छ ।

नेपाल प्रहरी, स्थानिय तह, समुदाय, सामजिक संघ सस्था र विद्यालयको समन्वयात्मक भुमिकाबाट समाजमा व्याप्त विकृतीहरुलाई निराकरण गर्ने उदेश्यले लागु गरीएको उक्त अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले हालसम्म गरेका विभिन्न जनमुखि गतिविधीलाई पुस्तकको माध्यमबाट आम सर्वसाधरणसम्म पुर्‍याउने उदेश्यले उक्त पुस्तक तयार पारिएको हो ।

पुस्तक बिमोचन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएका प्रहरी नायव महानिरीक्षक बोहराले समाजमा शान्ती सुरक्षा तथा अमनचयन गर्ने कार्य प्रहरी एक्लैको प्रयासले मात्र सम्भव हुन नसक्ने बताउँदै आम नागरीकको सहयोग अपरीहार्य हुने बताउनु भएको छ ।

त्यस्तै भर्खर मात्रै कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले समय समयमा अवलम्बन गरेका विभिन्न नीति तथा अवधारणाहरुले प्रहरी र जनता विचको सम्बन्धलाई अझ प्रगाढ बानउँदै लगेको बताउँदै समुदाय प्रहरी साझेदारी अवधारणाले समेत यसमा ठुलो भुमिका निर्वाह गर्ने बताउनभयो ।

Book 1

Book 2

Book 3

Book 4