व्यायामशाला (जिम हल) उद्‌घाटन समारोह कार्यक्रम : कास्की

जिल्ला प्रहरी कार्यालय कास्कीमा नव निर्मित ब्यायामशाला( जिम हल) को आज गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमका बिच उद्‌घाटन गर्नु भएको छ ।

समाजको शान्ति, सुरक्षा र अमन चयनका निमित्त अहोरात्र तल्लिन रहने प्रहरी कर्मचारीहरु आफ्नो फुर्सदको समयमा शारीरीक व्यायाम गरी तन्दुरुस्त रहुन भन्ने उद्देश्यका साथ आम नागरीकको सहयोगबाट उक्त व्यायामशालाको निर्माण कार्य सम्पन्न गरिएको हो ।

उद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले समयको परिवर्तनसँगै प्रहरी कर्मचारीलाई अत्याधुनिक प्रविधिमैत्री बनाउनुको विकल्प नरहेको समेत बताउनु भएको छ ।

साथै प्रहरी सङगठनले पछिल्लो समय अंगिकार गरेको  समुदाय-प्रहरी साझेदारी अवधारणाले समाज र प्रहरी बिचको खाडललाई पुरी जनता र प्रहरी एकधारमा हिँड्ने वातारण सृजना भएकोले यसबाट समाजलाई धेरै माथी लैजान सकिने कुरामा समेत आफु विश्वस्त रहेको बताउनु भएको छ ।

कार्यक्रममै कास्कीमा झन्डै १३ महिनाको कार्यकाल बिताएका प्रहरी उपरीक्षक ओम बहादुर रानालाई अतिथीहरुद्वारा बिदाई समेत गरिएको छ । कार्यक्रममा धन्यबाद व्यक्त गर्दै उहाँले सहयोग गर्ने सबै सरोकारवाला निकायप्रति आभार प्रकट समेत गर्नु भयो ।

उक्त व्यायामशालाको निर्माण कार्यमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई मुख्य मन्त्री गुरुङद्वारा प्रसंशा पत्र प्रदान गरीएको उक्त कार्यक्रममा आन्तरीक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमान, भौतिक पुर्वाधर तथा विकास मन्त्री रामशरण बस्नेत, प्रदेश स्तरका सांसदहरु, गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा तथा प्रमुख जिल्ला अधिकारी  लगायतको उपस्थती रहेको थियो ।

Gym 1

Gym 2

Gym 3

Gym 5

Gym 4