पूर्व प्रहरी संगठनको प्रथम सम्मेलन सम्पन्न : पोखरा

पूर्व प्रहरी कर्मचारीहरुलाई एकिकृत गरी राज्यको मुलधारमा समाहित गरी समृद्ध नेपाल निर्माणमा उल्लेख्य भूमिका निर्वाह गराउने उद्देश्यका साथ गण्डकी प्रदेश तदर्थ समितिको आयोजनामा नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेशको प्रथम सम्मेलन यही वैशाख २५ गते पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश अन्तर्गत रहेका सम्पुर्ण अवकाश प्राप्त प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद माननिय विन्दु कुमार थापाले पानसमा दिप प्रज्जवलन गरी उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि थापाले राज्यले पूर्व प्रहरी जस्तो सक्षम र सीपयुक्त जनशक्तिलाई पहिचान गरी सदुययोग गर्ने नसकेको कुरा बताउँदै उनिहरुलाई राज्यको मुलधारमा ल्याई उचित सदुपयोग गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले पूर्व प्रहरी कर्मचारीहरूको ज्ञान, सीप र कौशललाई समाजमा प्रयोग गर्न सकिने साथै पूर्व प्रहरी कर्मचारीहरूले आफ्नो खारिएको अनुभवलाई विज्ञको रुपमा समुदायमा हस्तान्तरण गर्न आग्रह गर्दै पूर्व प्रहरीले समेत समाजमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्यस्तै पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पूर्व प्रहरीहरुलाई अझ सँगठित भएर मुलुकलाई समृद्ध बनाउन तर्फ लाग्न आग्रह गर्दै पूर्व प्रहरी रिटायर्ड प्रहरी मात्र भएको र टायर्ड प्रहरी ( अर्थात थकित प्रहरी ) नभएको बताउदै अझ संगठित हुन आवश्यक रहेको कुरा बताउनुभयो ।

साथै नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्तराज कुँवरले नेपाल प्रहरी संगठनले पूर्व प्रहरी कर्मचारीहरुलाई उचित सम्बोधन गर्न नसकेको कुरा बताउँदै संगठनको तर्फबाट पूर्व प्रहरी कर्मचारीहरुलाई व्यवस्थित गर्न अपरिहार्य रहेको बताउनु भयो ।

पूर्व प्रहरी संगठन गण्डकी प्रदेश संयोजक तथा कास्कीका अध्यक्ष एक नारायण शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखरा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह, लगायत केन्द्र तथा विभिन्न जिल्लाका पूर्व प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पूर्व प्रहरी कर्मचारीहरुलाई एकिकृत गरी राज्यको मूलधारमा समाहित गरी समृद्ध नेपाल निर्माणमा उल्लेख्य भूमिका निर्वाह गराउने उद्देश्यका साथ गण्डकी प्रदेश तदर्थ समितिको आयोजनामा नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा सम्पन्न (२०७६।०१।२५ गते)

Retaired Police 5

Retaired Police 6

Retaired Police 4