स्याङजा: प्रहरी चौकीको नव-निर्मित भवन उद्‍घाटन

नेपाल प्रहरी भौतिक पूर्वाधारहरुमा आत्मनिर्भर हुँदै जाने क्रममा नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको प्रहरी चौकी गल्याङ स्याङ्जाको नव-निर्मित प्रहरी भवनको यही वैशाख १९ गते गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले एक कार्यक्रमका बिच उद्‍घाटन गर्नुभएको छ । 
गल्याङ नगरपालिका-३ पाल्पाली टोलमा निर्माण सम्पन्न भएको उक्त प्रहरी भवनको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा साथै गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष कान्ता बोहराले भवनको प्रवेशद्धारमा रिबन काटी साथै शिलालेख अनावरण गरी नव-निर्मित प्रहरी भवनको उद्‍घाटन गर्नुभयो ।

भवन उद्न‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरिक्षक बोहराले भवन निर्माण भए पश्चात आम नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीको सेवा प्रवाह थप प्रभावकारी हुने बताउँदै भौतिक स्रोत साधनको सम्पन्नताले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने कुरामा आफू विश्वस्त रहेको कुरा बताउनुभयो ।
आरसिसि फ्रेम स्ट्रकचरमा निर्माण सम्पन्न भएको उक्त भवनमा कार्यालय, व्यारेक र मेष गरी १८ वटा कोठा रहेका छन् ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, जिल्ला प्रहरी कार्यालय स्याङजा प्रमुख प्रहरी उपरीक्षक राज कुमार लम्साल, जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारिहरु, स्थानीय जनप्रतिनिधिहरु, बुद्दीजिबि, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने भिन्न व्यक्ति साथै प्रहरी कर्मचारीहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

Chauki Galyang 2

Chauki Galyang 3

Chauki Galyang 1