शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण फुटवल खेल सम्पन्न : पोखरा

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत यही वैशाख १४ गते सामुदायिक सेवा केन्द्र एंव् सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरामा नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान तथा अन्तर सामुदायिक मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान गर्ने तथा फुटवल खेलका माध्यमबाट प्रहरी र जनताबिचको सम्बन्ध सुमधुर बनाउनुका साथै भाईबन्धुत्वको भावना विकास गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले नयाँ वर्ष २०७६ सालको शुभकामना व्यक्त गर्दै सामुदायिक प्रहरी सेवा केन्द्रले नेपाल प्रहरीको जनमुखी प्रहरी अभियानमा खेलेको भुमिका प्रति खुसी व्यक्त गर्नुभयो । 

पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा कास्की स्थित विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी विचको फुटबल प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा, संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह,  गण्डकी प्रदेश  प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश जंग कार्की लगायतका प्रहरी अधिकृत सहितको नेपाल प्रहरी टिमले ३-० गोल अन्तरले विजय हासिल गरेको छ ।

साथै सोही अवसरमा नै आयोजित अन्तर सामुदायिक मैत्रीपुर्ण फुटवल खेलको उपाधी भने सामुदायिक सेवा एंव सामुदायिक प्रहरी सेवा केन्द्र हेम्जा कास्कीले जितेको छ । ५ टिम सम्मिलित उक्त खेल मैत्रीपुर्ण खेलको फाईनलमा हेम्जाले लेखनाथ सामुदायिक माथि ४-० गोल अन्तरको जित हासिल गरेको थियो ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाशजंग कार्की, प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल लगायतले बधाई सहित ट्रफि प्रदान गर्नुभएको थियो ।

साथै उक्त कार्यक्रम कै अवसरमा आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

Football 2

Football 1