अन्तरक्रिया कार्यक्रम:प्र.ना.म.नि.दान सिंह बोहरा

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिह बोहराले जनता र प्रहरीको समन्वयात्मक भुमिकाबाट मात्रै समाजलाई अपराधरहित बनाउन सकिने कुरामा जोड दिनु भएको छ ।

यहि फागुन २८ गते प्रहरी सहायक निरीक्षक (अल्पकालिन) तालिम ७-०१औँ समुहका प्रशिक्षार्थीहरुसंग प्रहरी सेवा प्रवाहका विषयमा अन्तरक्रिया गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

साथै देशले हाल संघिय संरचना अन्तर्गत आफ्नो गति लिईरहेको बेला आम नागरिकको प्रहरी प्रतीको अपेक्षामा समेत वृद्धी भएको बताउदै उहाँले जनभावना अनुरुप प्रहरी सेवा प्रवाह गर्नुको बिकल्प नरहेको समेत बताउनु भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमान्डौको तत्वाधानमा प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई समायानुकुल परिमार्जित ज्ञान ,कौशल र दक्षता प्रदान गर्न  यहि माघ २० गते देखी उक्त तालिम सञ्चालनमा रहेको छ ।

ASI Antarkriya 3

ASI Antarkriya 1