मुस्ताङ: हिमपातको कारण ११२७ भन्दा बढि पशु चौपायाको  मृत्यु भएको

मिति २०७५/११/१५ गते देखि परेको अबिरल हिमपातको कारण लोमान्थाङ गाउँपालिका-३,४ र ५ बस्ने मानिसहरुको  विभिन्न पशु चौपायाहरु मरेका छन् भन्ने खबर मिति २०७५/११/२६ गते सिमा प्रहरी चौकी लोमान्थाङ् मुस्ताङमा प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई सोधपुछ तथा अनुसन्धान गर्दा लोमान्थाङ गाउँपालिका-३, ४ र ५मा विभिन्न पशु चौपायाहरुको हिमपातको कारण मृत्यु भई क्षती भएको पाईएको छ ।

जिल्लाकै थासाङ गाउँपालिका २का  गोविन्द शेरचनका पनि ८ वटा चौरी गाई हिम पहिरोमा परी मृत्यु भएको जानकारी प्राप्त भएको छ । उक्त हिमपातका कारण ५२ जना व्यक्तिका भेडा च्याङ्ग्रा ८८८ वटा र याक-२३९ गरी जम्मा ११२७ वटा पशु चौपायाको मृत्यु भएको पाईएको छ । साथै उक्त हिमपातका कारण उक्त क्षेत्र आसपासका अन्य ठाउँमा समेत क्षति भएको हुनसक्ने भएकाले थप अनुसन्धानको लागि प्रहरी टोली खटिई गएको छ । घटनाका विषयमा प्रहरीले थप विवरण संकलन गरिरहेको छ ।