त्रकार भेटघाट कार्यक्रम सम्पन्न : पोखरा

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले समग्र प्रदेशको शान्ति सुरक्षाको अवस्था, प्रहरी गतिविधि लगायतका विषयमा जानकारी गराउने उदेश्यले यही माघ १४ गते कास्की स्थित क्रियाशिल पत्रकारहरुसंग अन्तरक्रिया गर्नुभएको छ ।
नेपाल प्रहरी संगठनले पछिल्लो समय अंगिकार गरेका जनमुखी अवधारणाहरुको कार्यान्वयन त्यसबाट समाजमा पर्न गएको सकरात्मक प्रभाव साथै समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रदेश भरी नै भइरहेका विविध गतिविधिहरुको विषयमा समेत जानकारी गराउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले प्रदेश प्रहरीको संरचना, जनशक्ति व्यवस्थापन, विशिष्ट व्यक्तिहरुको सुरक्षा, अपराध तथ्याङक विश्लेषण, जिल्लागत अपराध विश्लेषण, अभियुक्त पक्राउ तथा फरार, त्रीवर्षिय सवारी दुर्घटना लगायतका विभिन्न गतिविधि बारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
पत्रकारहरुबाट उठेका जिज्ञाशाहरुलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले यस प्रदेश अन्तर्गत आम नागरिक संग हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराधिक मनसायलाई निरुत्साहित पार्न नेपाल प्रहरी धेरै हदसम्म सफल रहेको बताउनुभएको छ ।
त्यस्तै समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत अब नेपाल प्रहरीको पँहुच समाजका कुना कुनासम्म भएकाले कानून विपरित गतिविधि गर्नेहरु कानूनको दायराबाट उन्मुक्ति नपाउने कुरामा विश्वस्त रहन समेत उपस्थित पत्रकार मार्फत आम नागरिलाई आग्रह गर्नुभएको छ ।
उक्त कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरामा प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्य, ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की, कास्कीका ट्राफिक प्रहरी प्रमुख, पर्यटक प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
Press Mee
press meet 2