निरीक्षण एंव अवलोकन भ्रमण सम्पन्न : नवलपरासी (पूर्व)

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दाघाट सुस्ता पूर्व) र मातहतका कार्यालयहरु निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ । प्रहरी कार्यालयहरुबाट सम्पादन हुने विभिन्न गतिविधिहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी एवं नागरिकमैत्री बनाउने उद्देश्यले उक्त निरीक्षण गरिएको हो । निरीक्षणका क्रममा उहाँले प्रहरी कर्मचारीहरु, प्रहरी कार्यालयहरुका विभिन्न शाखा, मेश, व्यारेक, हिरासत कक्ष लगायतको निरीक्षण गर्नुभएको छ । सोही क्रममा ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बोहराले यही माघ ०५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैडाकोट साथै माघ ०६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय रजहर नवलपरासीको निरीक्षण गर्नुभएको छ । निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै उँहाले आम नागरिकको चाहना अनुरुप व्यवसायिक कार्यदक्षता झल्किने गरी प्रहरी सेवा प्रवाह गर्न निर्देशन गर्दै यस क्षेत्रमा हुन सक्ने सम्भावित घटनाहरुको समाधान प्रति प्रहरी सदैव तमतयार र चनाखो रहन आवश्यक रहेको बताउनु भएको छ । साथै उहाँले प्रहरी संगठनको प्रतिष्ठामा आँच आउने गरी प्रहरी पेशालाई पैसा कमाउने थलोको रुपमा नलिई नागरिकलाई सेवा प्रवाह गर्ने पेसा हो भन्ने उद्देश्यका साथ कार्यसम्पादन गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Image may contain: 1 person, standing and outdoor

Image may contain: 4 people, people standing