नेपाल प्रहरीमा योजनामा क्षमता अभिवृद्धिका लागि परियोजना व्यबस्थापन र अन्वेषण रुपरेखा सम्बन्धी तालिम

नेपाल प्रहरीमा योजना अन्वेषण तथा योजनामा क्षमता अभिवृद्धिका लागि परियोजना व्यबस्थापन र अन्वेषण रुपरेखा सम्बन्धी तालिम यही माघ २ गतेदेखि ४ नं. प्रदेशको पोखरामा शुरु भएको छ ।

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहोराले उद्‍घाटन गर्नुभएको उक्त तालिम नेपाल प्रहरी र UNOPS को आयोजना तथा ईन्टरनेशनल डेभलपमेन्टको प्राविधिक सहयोगमा  सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहोराले नेपाल प्रहरी संगठनलाई भोलिका दिनमा बलियो तथा जनअपेक्षित बनाउन र त्यसका लागि योजना बनाउन समेत यस्ता तालिमले ठुलो भूमिका खेल्ने भएकोले त्यस्ता योजनालाई ग्राउण्ड लेवलबाटै माथि सम्म पुर्‍याउनुपर्ने बताउनु भयो ।

तालिममा सहभागी प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई मुख्य प्रशिक्षक बच्चुराम बस्नेत र तालिम संयोजक अस्थामा पोखरेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

संघिय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना विकास निर्माण शाखाका प्रहरी नायव उपरीक्षक निशान थापा, UNOPS का प्रतिनिधी ईन्द्र न्यौपाने र प्रशासकिय अधिकृत उपेश शाक्य लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको उक्त तालिम ४ दिन सम्म सञ्चालन हुनेछ ।

UNDPS

UNDPS 2