निर्देशन सम्बोधन सम्पन्न : प्रदेश प्रहरी कार्यालय पोखरा

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले यही पौष २३ गते ४ नं. प्रदेश प्रहरी कार्यालय र पोखरा उपत्यका स्थित कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृतहरुलाई व्यावसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ ।

प्रदेश प्रहरी तालिम केन्द्र ४ नं. प्रदेश निर्माणको लागि छुट्टाइएको स्थानको अवलोकन भ्रमण गर्न आउनुभएका प्रहरी अतिरीक्त महानिरीक्षक बस्न्यातले उक्त तालिम केन्द्र समय मै निर्माण सम्पन्नका लागि उचित पहल गर्ने कुरा बताउनुभयो ।

साथै सोही अवसरमा ४ नं. प्रदेश प्रहरी कार्यालयमा पाल्नुभएका प्रहरी अतिरीक्त महानिरीक्षक बस्न्यातलाई ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पोखरा एक अन्तराष्ट्रिय स्तरको पर्यटकिय स्थल भएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाल प्रहरीको छवि उच्च रहने गरी सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।  

कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरुले नेपाल प्रहरी संगठनलाई थप मर्यादित र जनमैत्री बनाउन आवश्यक पर्ने स्रोत साधन एंव दक्ष जनशक्ति व्यवस्थानका विषयमा आ-आफ्नो राय व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा धन्यवाद व्यक्त गर्दै ४नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले देश संघिय संरचना अनुरुप अघि बढिरहेको अवस्थामा आम नागरिकको प्रहरी प्रतिको अपेक्षा समेत बढेको बताउदै यसलाई सम्बोधन गर्न आफूहरु हरप्रहर तत्पर रहेको समेत बताउनुभएको छ । 

nirdeshan 1

nirdeshan 2

nirdeshan 3