नेपाल प्रहरी श्रीमती संघ : राहत वितरण

४ नं. प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले यही पौष २० गते  पोखराको  छोरेपाटान स्थित मानव सेवा आश्रममा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

“सेवा नै मुल धर्म हो”  भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले जाडो मौसमलाई समेत मध्यनजर गर्दै उक्त आश्रममा अत्वाश्यक रहेका जिन्सी सामाग्री सहित खाध्यान्न समेत वितरण गरेको हो । संघकी अध्यक्ष कान्ता बोहराले आश्रममा रहेका वृद्ध-वृद्धाहरुलाई लक्ता कपडा हस्तान्तरण गरी कार्यक्रमको उद्‌घाटन गर्नु भयो ।

संघकी सचिव रविना अर्यालले नेपाल प्रहरी श्रीमती संघ कुनै पनि दातृ निकायबाट सञ्चालन नभएको बताउदै आफुहरु देउसी भैलो कार्यक्रम तथा मेला महोत्सवहरुमा संघले राखेको स्टलहरुबाट आएको नाफाबाट बिगत लामो समयदेखि नै सामाजिक कार्यमा तल्लिन रहेको बताउदै आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिईने बताउनु भयो ।

कार्यक्रमकै अवसरमा उक्त आश्रमका प्रतिनीधिहरुले ४ नं. प्रदेश नेपाल प्रहरी श्रीमती संघप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउनु भएको छ ।

कार्यक्रममा ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की, वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्की लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Rahat 3

Rahat 2

 Rahat 1