ल्होसार पर्वको अबसरमा शुभकामना कार्यक्रम सम्पन्न

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले नेपालमा मनाईने विभिन्न चाडपर्वहरुले सबै जातजाति र भाषाभाषीहरुलाई एकशुत्रमा बाध्ने र राष्ट्रिय स्वाधीनता बलियो बनाउनुका साथै शान्ति र स्थिरता कायम गरेर देशलाई विकासको यात्रामा अघि बढाउन समेत ठुलो भुमिका खेल्ने बताउनुभएको छ ।

तनहुँ तमु समाज पोखराले ल्होसारको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उहाँले नेपालमा मनाईने हरेक चाडपर्वहरुको आफ्नै महत्व हुने र सम्पुर्ण जातजाति मिलेर बनेको नेपाली समाजलाई यस्ताखाले चाडपर्वले सुसंस्कृत एवम सभ्य समाज निर्माण गरी भाईचारा समेत बढाउने बताउदै ल्होसार पर्वको सम्पुर्णमा शुभकामना समेत दिनुभएको छ ।

तनहुँ तमु समाजका अध्यक्ष क्याप्टेन शुक बहादुर गुरुङको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बोहराले दिप प्रज्वलन गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।

४ नं. प्रदेश नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कान्ता बोहराको विषेश आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि र विषेश अतिथि बोहराले तनहुँ तमु समाज अन्तर्गत विभिन्न बिधामा यसवर्ष उत्कृष्ट भएका विधार्थी एवम व्यक्तिहरुलाई नगद तथा प्रशंसा पत्रले सम्मान समेत गर्नुभएको थियो ।

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ल्होसार’ पर्व मनाउँदैछन । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले गुरुङ समुदायले पौष १५ लाई नयाँ वर्षको रुपमा ‘ल्होसार’ मनाउने प्रचलन रही आएको छ । 

Lahosar 2

Lahosar 3

Lahosar 1