प्रहरी महानिरीक्षक खनाल र नागरिकबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न : कास्की

नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही कार्तिक २० गते जिल्ला प्रहरी कार्यालय कास्कीमा आम नागरिकहरुसंग समुदाय-प्रहरी साझेदारीका विषयमा अन्तरक्रिया गर्नुभएको छ ।
आम नागरिकहरु संग प्रहरी सेवा प्रवाहका विषयमा वृहत अन्तरक्रिया एंव छलफल गरी जनचासो अनुसार नै आगामी रणनीति कार्ययोजना तयार गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले समुदायको साझेदारी बिना समाजमा प्रहरीको उपस्थितिले मात्रै शान्ति सुरक्षा स्थापना हुन नसक्ने बताउदै समुदाय-साझेदारीको अवधारणा विकास भएको बताउनुभयो ।
त्यस्तै प्रहरीलाई जतिसक्दो बढी प्रविधि मैत्री बनाउने प्रयास भैरहेको बताउदै प्रहरीले आफ्नो व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जिल्लाको शान्ति सुरक्षाको लागि प्रहरी अहोरात्र तल्लिन रहेको बताउँदै जनतामा प्रहरी हाम्रो साथि हो भन्ने भावना विकास गराउँदै प्रहरी सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, गण्डकी प्रदेशका सासंद राजिव पहारी, ४ नं. प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, समुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, पत्रकार लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।

45488820 2330226713685953 2267549218241511424 n45455258 2330227283685896 4709268736249430016 n