समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्‍घाटन सम्पन्न

सामुदायिक प्रहरीको दिगो विकास तथा संस्थाको विकासका लागि साथै प्रहरी, स्थानिय तह, समुदाय र विद्यालयको सहकार्यात्मक भुमिकाबाट विविध कार्य सम्पादन गरी समाजलाई सु-सूचचित एवम् विकसित र अपराधरहित बनाउने उद्देश्यले थालनी भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको यही कार्तिक ११ गते उद्‍घाटन भएको छ ।  

हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ आज देशैभरी एकैसाथ उद्‍घाटन भएको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको पोखरामा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गमलामा पानी हाली साथै बेलुन उडाई उद्‍घाटन गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती समेत रहनु भएका उहाँले समुदाय र प्रहरीसंगै हातेमालो गर्दै समाजका विकृतिहरुका विरुद्ध एकजुट हुने यस अभियानमा गण्डकी प्रदेश सरकार पनि साथ-साथ रहेको बताउदै नेपाल प्रहरीको यस्ता जनमुखी अभियानले समृद्ध नेपाल र सुखी नेपाली भन्ने नेपाल सरकारको अवधारणमा अतुलनीय भुमिका निर्वाह गर्ने समेत बताउनु भएको छ ।

साथै उक्त अभियानको सफलताका लागि सवै सरोकारावाला पक्षको समेत उक्तिकै भुमिका आवश्यक पर्ने भएकाले यो अभियान सबैको चाँसको विषय हुनुपर्ने समेत उहाँले बताउनु भएको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमानले समाजको हरेक पक्षको विकासका लागि सुरक्षा पहिलो आधार भएकाले नेपाल प्रहरीको यस अभियानले आम-नागरिकले आफुलाई सुरक्षित महसुस गर्नुका साथै प्रहरीप्रतिको जनविश्वास र आस्थामा समेत वृद्धी हुने कुरामा आफु विश्वस्त रहेको बताउनु भएको छ ।

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले सामुदायिक प्रहरी साझेदारी अवधारणाका विषयमा बताउदै उक्त अवधारणा अन्तर्गत हालसम्म भएका गतिविधि, आगामी रणनिति, अन्य सरोकारवाला निकायको भुमिका साथै यसबाट समाजमा पर्ने सकरात्मक प्रभावका बिषयमा समेत जानकारी गराउनु भएको छ ।

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी, प्रदेश स्थित विभिन्न मन्त्रालयका सचिवहरु, पोखरा महानगरपालिकाका मेयर, संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख, विभिन्न गाउँपालिका तथा वडाका प्रमुख एवम् प्रतिनिधि, आमा समुह, युवा क्लव, विद्यार्थी, नागरिक समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

sajhedari

sajhedari1

sajhedari2

sajhedari3

sajhedari4