समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणाको विषयमा प्रस्तुतिकरण सम्पन्न ।

४ न. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले यही कार्तिक ८ गते गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र आन्तरीक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमान समक्ष सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अवधारणाको विषयमा प्रस्तुतीकरण गर्नुभएको छ ।

सामुदायिक प्रहरीको दिगो विकास साथै प्रहरी, स्थानिय तह, समुदाय र विद्यालयको सहकार्यात्मक भूमिकाबाट विविध कार्य सम्पादन गरी समाजलाई सु-सूचचित एवम् विकसित र अपराधरहित बनाउन उक्त कार्यक्रमको थालनी भएको हो ।

समुदाय-प्रहरी साझेदारी अवधारणाका विषयमा बताउदै उहाँले उक्त अवधारणा अन्तर्गत हालसम्म भएका गतिविधि, आगामी रणनीति कार्ययोजना, अन्य सरोकारवाला निकायको भूमिका साथै यसबाट समाजमा पर्ने सकरात्मक प्रभावका बिषयमा समेत जानकारी गराउनु भएको छ ।

प्रस्तुतीकरणका लागि धन्यवाद व्यक्त गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमानले उक्त अभियान अन्तर्गत हुने सम्पुर्ण गतिविधिहरुमा गण्डकी प्रदेश सरकार सहकार्यात्मक भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।

Samuday 1

Samuday 2