मौलो पूजा कार्यक्रम सम्पन्न : कास्की

नेपाल प्रहरीले परम्परागत रुपमा मनाउदै आएको महानवमीको अवसरमा यहि कार्तिक १ गते  ४ न. प्रदेश प्रहरी कार्यालय पोखरा र अञ्चल सशस्त्र प्रहरी गुल्म पोखरामा मौलो पूजा कार्यक्रम सम्पन्न भएको छ । ४ न. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले एक कार्यक्रमका बीच मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना समेत गर्नु भएको छ ।

उक्त अवसरमा उहाँले कुविन्डो तथा वलि पुजा साथै विभिन्न हातहतियारको समेत पूजा गर्नु भयो र प्रहरीको एक टुकुडिले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवम् देवि देवताहरुलाई शलामी अर्पण समेत गरेको थियो ।

कार्यक्रममा विजया दशमीको शुभकामना व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले नेपाल प्रहरी संगठनका सदस्य एवम् तिनका परिवारजनमा सुख, शान्ति र समृद्धीको कामना समेत गर्नु भएको छ । साथै उहाँले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाधिदिनुका साथै नगत पुरस्कारले समेत पुरस्कृत गर्नु भएको छ ।

कार्यक्रमकै अवसरमा ४ न.प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा, संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, क्षेत्रीय शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना लगायत अन्य प्रहरी कर्मचारीहरुद्धारा सयुंक्त रुपमा फुलपाती सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको छ ।

 

maulo puja 1

maulo puja 2