शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण फुटवल खेल सम्पन्न : पोखरा

४ नं. प्रदेश प्रहरी कार्यालय पोखरा र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा यही असोज २७ गते क्षेत्रीय सशसत्र प्रहरी गण पोखरामा शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

आशन्न विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गर्ने तथा फुटवल खेलका माध्यमबाट प्रहरी र जनताबिचको सम्बन्ध सुमधुर बनाउनुका साथै भाईबन्धुत्वको भावना विकास गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले आशन्न विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दै सामुदायिक प्रहरी सेवा केन्द्रले नेपाल प्रहरीको जनमुखी प्रहरी अभियानमा खेलेको भुमिका प्रति खुसी व्यक्त गर्नुभयो ।

पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा  कास्की स्थित विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी विको फुटबल प्रतियोगितामा ४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा, संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसा चौधरी लगयातको नेपाल प्रहरी टिमले ४-१ले विजय हासिल गरेको छ ।

विजेता नेपाल प्रहरी टिमलाई सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोलाले बधाई सहित ट्रफि हस्तान्तरण गर्नुभयो ।

Football 1

Football 2