कास्की: सहकारीमा चोरी गर्ने पक्राउ

पोखरा आश्विन ११ गते, विगत दुई महिना देखी पोखराका विभिन्न स्थानमा चोरी गरी पोखरा कै एक होटलमा लुकिछिपी बस्दै आएका एक जनालाई वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उप-महानगरपालिका-१ का २१ वर्षिय कमल ठगुन्ना रहेका छन् । 
उनले यही भाद्र १६ गते पोखरामा रहेको एभरेष्ट मनि चेञ्जर फुटाली नगद रु. ९६ हजार र भाद्र ३१ गते पोखराकै सिर्जनाचोकमा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाको सटर फुटाली नगद रु. ९ लाख १४ हजार ४ सय ५ रुपैया चोरी गरेको खुल्न आए पश्चात घटनाका विषयमा सुक्ष्म अनुसन्धान थालेको बैदामको प्रहरी टोलिले उनलाई अपराध गर्न अपनाएको कार्यशैलीका आधारमा पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालयत वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताउनुभएको छ ।
साथै उहाँले चाडपर्वहरु नजिकिएसंगै चोरीका घटनाहरुमा बृद्धी हुन सक्ने बताउदै आम नागरिक तथा वित्तिय संघ संस्थाहरुले होसियारी अपनाउनु पर्नेमा जोड दिनुपर्ने बताउनुभयो । निजको साथबाट प्रहरीले ५ लाख ३८ हजार ८० रुपैंया र ३ थान मोवाईल साथै चोरी कार्यमा प्रयोग गरिएका औजारहरु बरामद गरेको छ । पक्राउ परेका उनी उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Chori