कास्की: प्रहरी नायव महानिरीक्षकबाट निरीक्षण तथा अन्तरक्रिया

चैत्र १३, गते पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनीले जिल्ला प्रहरी कार्यालय कास्की र कास्की अन्तर्गत मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण तथा अवलोकन गर्नु भएको छ ।

निरीक्षणका क्रममा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुडासैनीले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु, विभिन्न शाखा, मेष, व्यारेक लगायतको निरीक्षण गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा  मातहतका वडा प्रहरी कार्यालय वगर, वडा प्रहरी कार्यालय वैदाम र वडा प्रहरी कार्यालय रामवजारको पनि निरीक्षण गर्नुभएका प्रहरी नायव महानिरीक्षक पुडासैनीले सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन सम्वोधन समेत गर्नु भएको छ ।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै पश्चिम क्षेत्रीय प्रहरी प्रमुख पुडासैनीले आशन्न स्थानीय निकायको निर्वाचनलाई चुनौतिको रुपमा मात्र नलिई जिम्मेवारी पुरा गर्ने एक अवसरको रुपमा पनि लिई यसलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गराउन मानसिक तथा शारिरीक रुपमा तयार रहनु पर्ने भन्दै प्रहरी पेशालाई पैसा कमाउने थलोको रुपमा नलिई नागरिकलाई सेवा प्रवाह गर्ने पेसा हो भन्ने उदेश्यका साथ कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

निरीक्षणकै क्रममा उहाँले कास्की जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाका कर्मचारी, नागरिक समाजका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानिय भद्रभलादमि, पूर्व प्रहरी कर्मचारी, पत्रकार र बुद्दिजिविहरुसंग समसामयिक विषयमा अन्तर्क्रिया समेत गर्नु भएको  छ । अन्तरक्रियाका क्रममा सहभागीहरुले वर्तमान समयमा लागूऔषध दुर्व्यसनी तथा ट्राफिक व्यवस्थापन अहिलेको प्रमुख चुनौति रहेकाले यसको नियन्त्रणका लागी समयमै आम सरोकारवाला निकायहरुले उचित कदम चाल्नुपर्ने कुरा औलाएका थिए ।

कार्यक्रमा उपस्थितहरुबाट उठेका जिज्ञासाहरुलाइ सम्वोधन गर्दै  प्रहरी नायव महानिरीक्षक पुडासैनीले प्रहरी सेवालाई आम नागरिकको चाहाना अनुसार नै बढी भन्दा बढी  नागरिकमैत्री बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । साथै समाजका विकृति विसंगतिलाई निर्मुल पार्दै सभ्य समाज निर्माण गर्ने प्रहरी अभियानमा हातेमालो गर्नपनि सहभागीहरुमा आग्रह समेत गर्नु भएको थियो ।

Nirixan 1

Nirixan 2