स्वागत कार्यक्रम सम्पन्न : कास्की

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीले यही चैत्र १२ गते नव आगन्तुक पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनी र सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवोध कुमार अधिकारीको  स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुडासैनीले प्रहरीको समाजसंगको सुमधुर सम्बन्ध स्थापितका लागि सामुदायिक सेवा केन्द्रहरुले गरेका विभिन्न क्रियाकलापहरुप्रति खुसी व्यक्त गर्नुभयो । नागरिक समाजलाई बढी भन्दा बढी “प्रहरी मेरो साथी” अवधारणा अन्तर्गत नै नागरिक मैत्री सेवा प्रवाहका लागी पश्चिम क्षेत्रमा ७ बुदे विशेष कार्ययोजना लागु गरीसकेको समेत बताउनु भयो ।

साथै लागुऔषध दुर्व्यसनिको समस्या हाल राष्ट्रकको प्रमुख  समस्याको रुपमा दिनप्रतिदिन मौलाउदै गएकाले यसको नियन्त्रण गर्ने प्रहरी अभियानमा सामुदायिक सेवा केन्द्र तथा नागरिक समाजको पनि महत्वपुर्ण भुमिका रहने कुरामा जोड दिनुभयो ।

सामुदायिक सेवा केन्द्रका वरिष्ठ सल्लाहकार डा. दिल बहादुर क्षेत्रीले समाजका विभिन्न विकृती विसंगतिहरुलाई निर्मुल पार्दै समृद्ध समाज निर्माणमा सर्वप्रथम नागरिक समाजकै भुमिका हुनुपर्ने कुरामा जोड दिनुभयो ।

साथै सामुदायिक  सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णु बहादुर भट्टराईले नव आगन्तुक पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनि र सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवोध कुमार अधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सोही केन्द्रका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक होत बहादुर रोकाले कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु साथै मातहत सेवा केन्द्रहरुवाट सम्पादन भएका जनमुखी गतिविधिहरुको समिक्षा समेत प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्री, कास्की स्थित विभिन्न सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, पर्यटन व्यवसायि, टोलविकास संस्थाका प्रतिनिधि, आमा समूहका पदाधिकारीहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

Welcome 1

 

Welcome 2

 

Welcome 3