छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न: क्षेप्रका पोखरा
सिमावर्ती नाकाहरुवाट पैठारी हुने विभिन्न लागूऔषधलाई नेपाल भित्रनवाट रोकथाम तथा नियन्त्रण गर्ने साथै दुर्व्यसनीमा फसेका युवायुवतीहरुलाई आफ्नो जिवनप्रतिको जिम्मेवारी बोध गराई कुलतबाट छुटाउन पुनस्थापना केन्द्र तथा अभिभावकहरुसंग नजिक पुर्याउने उदेश्यका साथ पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले लागु गर्न लागेको “लागूऔषध नियन्त्रण रणनितीक कार्य योजना २०७३” का विषयमा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनीले यही चैत्र ०६ गते विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि एवं अन्य संघ संस्थाका प्रतिनिधिहरु विच एक दिवसिय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले लागूऔषध नियन्त्रणका लागि पश्चिम क्षेत्र अन्तर्गतमा Operation CIDA( Operation cleansing Illegal Drugs and Abuse) कार्यनवयनका लागि उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
साथै लागूऔषध नियन्त्रण सम्वन्धी कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी समन्वय र सामन्जस्यता कायम गराई कृयाकलापको अनुगमन तथा मूल्याङ्कन गरी कार्यान्वयन स्तरका समस्याको समाधान तथा निराकरण गर्नका लागी जिम्मेवारी वहन गर्न जिल्ला प्रहरी कार्यालय प्रमुखको सल्लाह, सुझाव तथा निर्देशनमा परिचालित हुने गरी जिल्ला लागूऔषध नियन्त्रण समितिको समेत गठन गरी कार्यसम्पादन गर्नेछ ।
कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक पुडासैनिले समाजमा व्याप्त लागऔषधको समस्यालाई निराकरण गर्न आम नागरिकमा लागुऔषध प्रति घृणाको वातावरण सिर्जना गराउनु पर्ने आवस्यकता रहेको बताउदै उक्त कार्ययोजना कार्यनवयनमा उपस्थित सरोकारवाला निकायको पुर्ण सहयोको अपेक्षा गर्नुभयो ।
कार्ययोजना सम्बन्धी विस्तृत कार्यपत्र प्रस्तुत गर्दै पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले लागूपदार्थको खेति नष्ट गर्ने तथा लागूपदार्थको उत्पादन, सञ्चय र भन्डारण हुन नदिने, लागूपदार्थको असारपोसार तथा बिक्री वितरणमा नियन्त्रण गर्ने र सो प्रयोजनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, दुर्व्यसनी तथा सेवनकर्ताहरुको उचित व्यवस्थापन र पुनस्थापना गर्ने साथै जोखीम समुहमा लागूपदार्थको प्रयोगलाई न्यूनीकरण गर्ने उदेश्य रहेको कुरा बताउनुभयो ।
कार्ययोजनाका विषयमा विभिन्न सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तरक्रिया भएको उक्त कार्यक्रममा अंचल प्रहरी कार्यालय गण्डकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विष्णुहरी गौतम, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक घनस्याम अर्याल, विभिन्न सामुदिक सेवा केन्द्रका प्रतिनिधिहरु, आमा समूहका प्रतिनिधि, पुनस्थापना केन्द्रका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
