कास्की: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

मंसिर १६, जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे स्थित लु. ३८ प ४५३२ नं. मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक जिल्ला कालिकोट घर भई हाल जि.कास्की पोखरा म.न.पा. ६ बैदाम बस्ने बर्ष २४ को राजन भण्डारी र मो.सा.पछाडी सवार जिल्ला जाजरकोट घर भई हाल जिल्ला तनहुँ दमौली बस्ने बर्ष २४ को जीवन शाही घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।