तनहुँ: ढुङ्गा खसी लाग्दा १ को मृत्यु १ जना घाईते

मंसिर ११, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.-५ लेस्थर स्थित डोजरले बाटो खनी रहेको हेर्न जाने क्रममा ऐ.ऐ.लेस्थर बस्ने बर्ष ७० को बुद्दराम भुजेल, निजको नाती बर्ष ११ को सोमे भुजेल र ऐ.ऐ.बस्ने बर्ष २ को बिसाल भुजेललाई माथिबाट ढुङ्गा खसी लाग्दा बिसाल भुजेलको घटनास्थलमै मृत्यु भएको । सोमे भुजेल गम्भिर घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।