म्याग्दी: जिप र मो.सा. एकआपसमा ठक्कर खाँदा ३ जना घाईते

मंसिर १०, जिल्ला म्याग्दी बेनी न.पा.६ गलेश्वर स्थित बेनी जोमसोम सडक खण्डमा ध. १ च २३५ नम्बरको बोलेरो जीप र ध. १ प ३५४९ नम्बरको मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला म्याग्दी रघुगंगा गा.पा.६ पाखापानी बस्ने बर्ष २३ को सन्तोष थजाली गम्भिर घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । मो.सा.पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २५ को अम्मर पाईजा र ऐ.ऐ. बस्ने बर्ष २० को मोनि पुर्जा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।