तनहुँ: ट्रक र स्कुटर एकआपसमा ठक्कर खाँदा २ जना घाईते

कार्तिक २९, जिल्ला तनहुँ  भानु न.पा.३ कुरकुना स्थित डुम्रे बेशिसरह सडक खण्डमा ग.१ क १११६ नं.को मिनि ट्रक र प्रदेश ३-०२०७ प २४११ न.को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला गोर्खा पालुङटार न.पा.५ बस्ने बर्ष २७ को बिकास खनाल र स्कुटर पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २९ को कमल पुन घाईते भई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।