सवारी दुर्घटना

कार्तिक २८, जिल्ला स्याङजा गल्याङ न.पा.-८ चिउरी स्थित सिद्दार्थ राजमार्गमा लु.२७ प ८४२० नं. र लु. ४८ प ७५१५ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा  ७५१५ नं.को मो.सा चालक जिल्ला स्याङजा गल्याङ न.पा.-८ देउराली बस्ने बर्ष २२ को  सुरेश बि.क. घाईते भई फेवा सिटी हस्पिटल  पोखरामा उपचार भईरहेको । ८४२० नं.को मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक २७, जिल्ला कास्की पोखरा म.न.पा.३३ बागमारा स्थित ग.७ प ५२७६ नं.को स्कुटर नालिमा पल्टि स्कुटर चालक ऐ.ऐ. बस्ने बर्ष ३५ को पुरुषोत्तम पौडेल गम्भिर घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा डा.ले मृत घोषण गरेको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।