तनहुँ: झुण्डि मृत्यु

कार्तिक २६, जिल्ला नवलपरासी (पुर्व) कावासोती न.पा.१० मगरकोट बस्ने बर्ष ६० को मान बहादुर तामाङ आफ्नै घरको सुत्ने कोठामा झुलको पासो लगाई झुण्डि मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक २६, जिल्ला स्याङजा पुतलीबजार न.पा.-१० घिर्मि बस्ने बर्ष अं.८२ कि मनसरी गुरुङले घर नजिकै रहेको खनियाको रुखमा पटुकाको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक २६, जिल्ला तनहुँ ब्यास न.पा.-१ सिर्जनसिल टोल स्थित जुना अधिकारीको घरमा ऐ.ऐ.७ कलेस्ती बस्ने बर्ष १५ कि राधिका थापा पङ्खामा साडीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक २६, जिल्ला बागलुङ जैमिनी न.पा.७ जैदिधावा स्थित ऐ.ऐ.बस्ने बर्ष ६५ को सकस बहादुर राना निजकै घर अगाडी रहेको रुखमा डोरीको पासो लगाई झुण्डि मृत अवास्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक २५, जिल्ला तनहुँ भानु नगरपालिका ९ बडहरे स्थित जिल्ला  लम्जुङ राईनस घर भई हाल ऐ.बडहरेको  रामलाल श्रेष्ठको घरमा डेरा गरी बस्ने बर्ष अन्दाजी ३२ को पदम बहादुर तामाङ आफु सुत्ने कोठाको काठको बलोमा तन्नाको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गएको ।