सवारी दुर्घटना

कार्तिक २४, जिल्ला नवलपरासी (पुर्व) कावासोती न.पा.३ शितलचोक स्थित भित्री सडक खण्डमा ना. ५८ प ७६८६ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने बर्ष ५८ को लेम्बा तामाङलाई ठक्कर दिँदा घाईते भई जिवनसिटी अस्पताल कावासोतीमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक २३, जिल्ला नवलपरासी (पुर्व) गैडाकोट न.पा.-११ भेडाबारी चोक स्थित ना.१९ प १५४२ नं.को मो.सा.ले पैदल यात्री जि.न.प. गैडाकोट न.पा. १ बस्ने बर्ष १८ कि गंगा बि.क.लाई ठक्कर दिँदा घाईते भएकी तथा उक्त दुर्घटनामा मो.सा. चालक जि.न.प  गैडाकोट न.पा. ११ बस्ने बर्ष २६ को अमर महत्तो समेत घाईते भई मनकामना अस्पताल चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

कार्तिक २३, जिल्ला तनहुँ ब्यास न.पा.-४ भोर्लेटारचोक स्थित पृथ्वी राजमार्गमा ग.१७ प २६३६ नं. को स्कुटरले पैदलयात्री जिल्ला लमजुङ दोर्दी गा.पा.बस्ने बर्ष २१ कि सत्यमाया श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

कार्तिक २३, जिल्ला स्याङ्जा वालिङ न.पा.८ बगाले टोल स्थित भित्री सडक खण्डमा लु.३४ प २४६० नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.२ धौखोला बस्ने बर्ष ९ कि स्मृती एस.के.लाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अननुसन्धान भईरहेको ।