शव फेला

कार्तिक २३, जिल्ला तनहुँ आबुखैरेनी गा.पा.-३ स्थित मर्स्याङ्दी नदिको किनारमा नामथर वतन नखुलेको अं. बर्ष ५० कि  महिलाको शव सडिगली सकेको अवस्थामा फेला परेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक २३, जिल्ला तनहुँ देबघाट गा.पा.-५ स्थित गलेश्ववर मन्दिरको छेउमा हाल नाम,थर,वतन नखुलेको मागि खाई हिड्ने अं. बर्ष ५५ को पुरुष ब्यक्ति मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको ।