लमजुङ: मो.सा.एकआपसमा ठक्कर खाँदा २ जना घाईते

कार्तिक १८, जिल्ला लमजुङ बेशिसहर न.पा. ७ घलेगाँउ चोक स्थित ग ६ प २१२२ मो.सा. र ना. ६५ प ६१७ न. को मो.सा एकआपसमा ठक्कर खाँदा  ना. ६५ प ६१७ नं. को मो.सा. चालक  जिल्ला लमजुङ मर्स्याङदी गा.पा. ८ बुढागाँउ बस्ने वर्ष ४० को मिन बहादुर गुरुङ र ग ६ प २१२२ मो.सा चालक जिल्ला रौतहट फुटुवा बिजयपुर न.पा. ११ बस्ने  वर्ष १५ को  सन्दिप चौधरी घाईते भई जिल्ला सामुदायिक अस्पताल बेशिसहरमा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।