सवारी दुर्घटना

कार्तिक १७, जिल्ला तनहुँ आबुखैरेनी गा.पा.-४ डम्पिङ स्थित पृथ्वि राजमार्गमा बा. ५१ प २८०८ नं. को मो.सा. र ना. ५८ प ९३०९ नं. को मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ २८०८ नं. को मो.सा. चालक जिल्ला कास्की पोखरा म.न.पा. १७  बिरौटा बस्ने बर्ष २४ को प्रबेश क्षेत्री, ९३०९ नं. को मो.सा. चालक जिल्ला चितवन ईच्छाकामना गा.पा. ६ बस्ने बर्ष २६ को आईत ब. गुरुङ र ऐ.मो.सा.पछाडी सवार ऐ. ऐ. बस्ने बर्ष ३१ कि कबिता गुरुङ तथा निजको छोरा १५ महिनाको बिकास गुरुङ घाईते भई छिम्केश्वरी अस्पताल आवुखैरेनीमा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

कार्तिक १६, जिल्ला लमजुङ बेशीशहर न.पा.-७ घले गाउचोक स्थित ग. १४ प ५८४१ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक जिल्ला लमजुङ बेशीशहर न.पा.-१० बस्ने बर्ष २१ को हरी कुमार गुरुङ घाईते भई जिल्ला सामुदायिक अस्पताल बेशीशहरमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

कार्तिक १६, जिल्ला तनहुँ ब्यास न.पा.-१ स्थित ग. १४ प १४५७ र ग. १३ प १९३९ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा १९३९ नं.को स्कुटर चालक जिल्ला तनहुँ ब्यास न.पा.-१३ बस्ने बर्ष ३१ को चन्द्र बहादुर आले, ऐ.ऐ.बस्ने ऐ.स्कुटर पछाडी सवार बर्ष ६१ को कर्ण बहादुर आले र १४५७ नं.को स्कुटर चालक जिल्ला तनहुँ ब्यास न.पा.-१ भादगाउ बस्ने बर्ष ४० को बिष्णु बहादुर थापा घाईते भई मेट्रोसिटि अस्पताल पोखरामा उपचार भईरहेको । दुबै स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।

कार्तिक १६, जिल्ला तनहुँ बन्दिपुर गा.पा.-४ चुनपहरा स्थित पृथ्वी राजमार्गमा लु. १ ज ३२५९ नं.को उईङगर र बा. ७८ प ८६३१ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला कास्की पोखरा मनपा-१७ बस्ने बर्ष ३४ को प्रकाश के.सी. घाईते भई लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बि.एण्ड बि. अस्पताल ललितपुर रिफर गरिएको । उईङगर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक १५, जिल्ला नवलपरासी (पुर्व) देवचुली न.पा.-१४ स्थित लु. ४३ प २७३९ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.१२ बस्ने अं.बर्ष ५१ को सुक बहादुर बि.क.लाई ठक्कर दिँदा गम्भिर घाईते भई पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । मो.सा.चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।