सवारी दुर्घटना

कार्तिक १४, जिल्ला तनहुँ म्याग्दे गा.पा ३ धएरे स्थित पृथ्बी राजमार्गमा दमौली बा.१ प १३२९ नं को पर्यटक बसले ग. १५ प ८६७७ नं को मो.सा. लाई  ठक्कर दिंदा मो.सा चालक जिल्ला गोरखा सुलिकोट गा.पा ८ बस्ने बर्ष २५ को भास्कर बराम घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक १४, जिल्ला कास्की पोखरा म.न.पा.१६ बाटुलेचौर स्थित ग. १७ प ५१२६ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ. बस्ने बर्ष १९ को अर्जुन नेपाली र मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष १९ को सुमन नेपाली घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।