सवारी दुर्घटना

कार्तिक १३, जिल्ला कास्की पोखरा म.न.पा.२७ तालचोक स्थित ग. १२ प ८७५० नं. को स्कुटिले पैदल यात्री हाल नाम थर वतन नखुलेको अं. बर्ष ४५ को पुरुष व्यक्तिलाई ठक्कर दिंदा घाईते भई  मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको तथा स्कुटर चालक जि.कास्की पोखरा म.न.पा. २७ तालचोक बस्ने बर्ष २० कि मिरा तिलिजा पनि घाइते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको । 

कार्तिक १२, जिल्ला स्याङजा वालिङ न.पा.१३ पाठखोला स्थित सिद्धार्थ राजमार्गमा बा.२०च ५७२ नं को कार अनियन्त्रित भई दुर्घटना हुँदा कार चालक जिल्ला स्याङजा गल्याङ न.पा. १ मालुङ्गा बस्ने बर्ष ३३ को माधव बस्याल र कारमा सवार ऐ. वालिङ न.पा.८ BP चोक बस्ने बर्ष १८ को  दिपेश सुवेदी घाईते भई वालिङ हस्पिटल वालिङमा उपचार भईरहेको ।

कार्तिक १२, जिल्ला तनहुँ ब्यास न.पा. १ मोरियाटार स्थित ग.१ ह १३ नम्बरको अटो र बा.९७ प ८४९१ नम्बर मो.सा. एक आपसमा ठक्कर खादाँ मो.सा.चालक ऐ.ऐ.बस्ने बर्ष २३ को रंञ्जन पाण्डे घाईते भई एपोलो अस्पताल दमौलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि B&B अस्पताल काठमाण्डौ रिफर गरिएको । अटो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

कार्तिक १२, जिल्ला कास्की पोखरा म.न.पा.१८ भकुण्डे स्थित नं.नखुलेको २२० को पल्सर मो.सा.ले ऐ.ऐ. बस्ने बर्ष ७ को शिसिर खड्कालाई ठक्कर दिंदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । फरार मो.सा.तथा चालकको खोजतलास भईरहेको ।

कार्तिक १२, जिल्ला कास्की पोखरा म.न.पा.२६ तालचोक स्थित ग.१ य ८७५ नं. को जिप, ग. १२ प ८८०० र ग.९ प ५४८२ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा ५४८२ नं. को स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.८ बस्न बर्ष ४६ को अजित गुरुङ, ८८०० नं.को स्कुटर चालक जि.लमजुङ कोलासोथर गा.पा. बाग्लुङ पानी बस्ने बर्ष २९ को नन्द प्रसाद गुरुङ र ८७५ नं. को जिप चालक जि.कास्की पोखरा म.न.पा. वडा नं. ३१ बस्ने बर्ष ३५ को कैलाश थापा घाईते भई मनिपाल शिक्षण अस्पतालमा उपचार भईरहेकोमा नन्द प्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको । ३ वटै सवारी साधन प्रहरीको नियन्त्रणमा ।