सवारी दुर्घटना

कार्तिक १०, जिल्ला मनाङ नासो गा.पा.३ माथिल्लो धारापानी स्थित ग. १ त ५४३१ न.को ट्याक्टरले ऐ.ऐ. ४ ओडार बस्ने बर्ष १४ को भरत गुरुङलाई ठक्कर दिँदा घाईते भई मनकामना अस्पताल चितवनमा उपचार भईरहेको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

कार्तिक १०, जिल्ला तनहुँ ब्यास न.पा.-२ बागभञ्ज्याङ स्थित पृथ्वी राजमार्गमा लु. ३५ प ५०९१ नम्बरको मो.सा र ग. ९ प ३७८३ नम्बरको मो.सा.एकआपसमा ठक्कर खाँदा लु. ३५ प ५०९१ नम्बरको मो.सा.चालक जिल्ला तनहुँ रिसिङ गा.पा.५ बस्ने बर्ष १७ को बिनोद थापा र ग. ९ प ३७८३ नम्बरको मो.सा.चालक जिल्ला तनहुँ ब्यास न.पा.१ बस्ने बर्ष २२ को पोषण खड्काको घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको ।  दुबै मो.सा.प्रहरीको नियन्त्रणमा ।