तनहुँ : सवारी दुर्घटना

आश्विन १८, शुक्लागण्डकी नगरपालिका-२ स्थित काठमाण्डौ बाट पोखरा तर्फ जादै गरेको ग ७ प ४६८१ नम्बरको मोटरसाईकललाई सोहि दिशा बाट जादै गरेको बा१६च ४३३० नम्बरको स्कारपियोले ठक्कर दिँदा मोटरसाईकलमा पछाडी सवार जिल्ला काठामाण्डौ बस्ने वर्ष १२ को एमन लिम्बु घाईते भई उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।