कास्की : सवारी दुर्घटनामा २ जनाको मृत्यु

आश्विन १८, पोखरा महानगरपालिका-२६ सुन्दरीबजार स्थित ग २ च ९९५० नं.को बलेरो जिपले ग१५प ४३८० नं.को स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार पोखरा महानगरपालिका-२७ आदर्श चोक बस्ने वर्ष २५ को हिमाल गुरुङ र सोहि स्थान बस्ने वर्ष २३ को रक्ष गुरुङ घाईते भई उपचारको लागि गण्डकी अस्पताल पोखरामा पठाईएकोमा डाक्टरले दुबैलाई मृत घोषणा गरेका हुन । घटना स्थलमा तत्कालै प्रहरी टोलि खटिई जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।